राजनीति

न्याय परिषदद्वारा प्रधानन्यायाधीश पराजुली पदमुक्त

काठमाडाैं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो।
न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ।

सो पत्रमा न्याय परिषद् ऐन, २०७३ को दफा ३१ मा न्यायधीशले उमेरका कारण अवकाश हुने भएको सो को जानकारी सम्बन्धित निकायलाई गराउनुपर्ने प्रावधान उल्लेख गर्दै पराजुलीको उमेर २०७४–४–२१ मै ६५ वर्षको उमेर हद पुगिसकेको देखिएकोले सचिवस्तरी निर्णयअनुसार उनी पदमा नरहेको जानकारी गराइएको उल्लेख छ।