राजनीति

राष्ट्रपति भण्डारीबाट पद तथा गोपनियताको सपथ

काठमाडौं, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको सपथ लिएकी छन् । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीसमक्ष सपथ लिएकी हुन् । शपथ ग्रहण समारोहमा प्रधानन्यायधीश पराजुली प्रसन्न मुद्रामा नै देखिएका थिए । 

जन्ममिति सम्बन्धी विवादमा तानिएका प्रधानन्यायधीश पराजुलीलाई आजै न्यायपरिषदले एक पत्र पठाई जन्ममितिका आधारमा उनी पदमा नरहेको जानकारी गराएको थियो।
प्रधानन्यायाधीश पराजुली २१ भदौ २०६५ मा नै ६५ वर्ष उमेर पुगेको जानकारी न्याय परिषदले लेखेको पत्रमा उल्लेख छ।

पदमुक्त भइसकेको भनिएको ब्यक्तिबाट राष्ट्रपति भण्डारीले लिएको सपथलाई वैधानिकता मान्ने वा नमान्ने भन्ने गम्भीर संवैधानिक प्रश्न उब्जिएको छ ।