राजनीति

राष्ट्रपतिको शपथ आज

काठमाडाैं, ३० फागुन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । 

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४  बजेका लागि तय भएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ ।