खेलकुद

हङकङलाई हार्दा अफगानिस्तानलाई फाइदा पुग्ने

काठमाडौं, १८ फागुन । आईसीसी विश्वकप छनोट क्रिकेटमा नेपालले आज समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ ।  नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार सवा १ बजेपछि बुलावायो एथ्लेटिक मैदानमा शुरु हुनेछ । नेपालले लगातार तीन खेलमा पराजय व्यहोरेको भए पनि आजको खेल उत्तिकै महत्वपूर्ण मानिएको छ । 
नेपाल र हङकङबीचको खेल दुई टिमका लागि मात्रै महत्वपूर्ण नभएर अफगानिस्तानका लागि पनि उत्तिकै अर्थपूर्ण रहेको छ । आजको खेलमा नेपालले हङकङलाई पराजित गरेका अफगानिस्तान सुपरसिक्समा पुग्नेछ । तर, हङकङलाई भारी अन्तरले पराजित गरेमा नेपाल पनि सुपर सिक्समा झिनो सम्भावना छ ।
 यदि नेपाल पराजित भएका हङकङ सुपरसिक्समा स्थान बनाउनेछ । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । दोस्रो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको नेपाल तस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो । यता, हङकङले भने पहिलो खेलमा स्कटल्याण्डसँग ४ विकेटको पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानमाथि ३० रनको जित दर्ता गरेको थियो । 
त्यस्तै, तेस्रो खेलमा हङकङ आयोजक जिम्बावेसँग ८९ रनले पराजित भएको थियो । नेपालले तीन खेलमा पराजय व्यहोरे पनि आजको खेलमा जित हात पार्दै प्लेअफका खेलहरुमा जित हात पार्न सके एक दिवसीय क्रिकेको मान्यता पाउने अवस्था रहेको छ ।