राजनीति

राष्ट्रियसभा मतपरिणाम: कस्काे कति सीट ?

काठमाडौं, २५ माघ । बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । चुनवाको मत परिणाम हेर्दा राष्ट्रियसभामा पनि वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ । राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सदस्यमध्ये बुधबार भएको चुनावबाट ३२ जना सदस्य निर्वाचित भएका हुन् । यसअघि नै २४ सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए ।

पछिल्लो परिणामपछि नेकपा एमालेले २७, माओवादी केन्द्रले १२ र नेपाली कांग्रेसले पनि १३ सिट जितेको छ । त्यसैगरी संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीले २, २ सिटमा जित हासिल गरेका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा अब बाँकी रहेका ३ जना सदस्या सरकारले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । तर कुन सरकारले गर्ने भन्नेमा प्रमुख दलभित्र विवाद कायमै छ । राष्ट्रिय सभा निर्वाचनको परिणाम निर्वाचन आयोगले भोलि राष्ट्रपतिसमक्ष बुझाउने छ ।