राजनीति

राष्ट्रियसभा चुनावको परिणाम धमाधम

काठमाडौं, २४ माघ । बुधबार सम्पन्न भएको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नम्ब्र ७ मा २ सिटका लागि भएको मतदानमा दुवै सिटमा वाम गठबन्धनका उमेदवार विजयी भएका छन् । 
दलित कोटामा नेपाली कांग्रेसका शेरीराम पार्कीलाई पराजित गर्दै नेकपा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका छन् । स्नेहीले ३ हजार ७ सय ८ मत पाएका छन । 
यस्तै अपाङ्गता तथा अल्पसंख्यकको कोटामा नेकपा माओवादी केन्द्रका महेश कुमार महरा विजयी भएका छन । उनले नेपाली कांग्रेसका छत्रराज जोशीलाई पराजित गरे ।

महराले पनि ३ हजार ७ सय ८ नै मतभार पाए । २ सय २९ जना मतदातामध्ये कैलालीबाट राजपाका सांसद मालामती राना र कृष्ण चौधरीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदानमा अनुपस्थित भएका थिए । बाँकी दुई सय २७ जनाले भने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गरेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए ।
राजपाकी सांसद मालामती रानाले आफ्नो पार्टीको उमेदवार नभएको र अरु पार्टीका उमेदवारले मत नमागेकाले मतदान गर्न नगएको बताईन् । अन्य ६ जना भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन । 
यसैबीच, प्रदेश नम्बर ४ बाट दलित सदस्यमा नेकपा माओवादी केन्द्रका खिमबहादुर विक निर्वाचित भएका छन् । त्यस्तै अर्का दलित सदस्यमा नेपाली कांग्रेसबाट जितबहादुर नेपाली निर्विरोध भएका थिए । 
त्यस्तै, प्रदेश १ बाट दलित सदस्यमा नेकपा एमालेका  खेमराज नेपाली विजयी भएका छन् उनको मतमूल्य ६२७० रहेको आयोगले जानकारी दिएको छ । त्यस्तै सोही प्रदेशको अपांगता तगा अल्पसंख्यक निर्वाचन क्षेत्रबाट एमालेकै अगमप्रसाद वान्तवा राई निर्वाचित भएका छन् । उनको मतमूल्य ६१६८ रहेको आयोगको भनाइ छ । आयोग प्रवक्ता नवराज ढकालका अनुसार मतगणना साँझ ५ बजेबाट सुरू भएको हो बेलुकासम्म सबै परिणाम आइसक्ने उनको भनाइ छ ।

................................................................

प्रदेश ६ काे पछिल्लाे परिणाम
राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश ६ मा दलितमा नेकपा एमालेका नरपति लोहार ३ हजार ६ सय ६६ मतसहित विजयी भएका छन्। यस्तै, अपांगता भएकामा माओवादी केन्द्रका जीवन बुढा विजयी भए। बुढाले ३ हजार ७ सय २० मत ल्याएका छन्। 
प्रदेश ६ मा सबै आठ वटै पदका लागि भएको निर्वाचनमा अब महिला सदस्य तीन र अन्य तीन सदस्यका लागि मतगणना जारी छ।

.............................................................

प्रदेश १ को अन्तिम मतपरिणाम सार्वजनिक

८ मध्ये ६ जना निर्विरोध भएको प्रदेश १ मा चुनावी प्रतिस्पर्धाबाट थप २ जना विजयी भएका छन्। यहाँ दलित र अपागंता भएका व्यक्ति वा अल्पसंख्यक समूहका लागि निर्वाचन भएको थियो।

चुनावी प्रतिस्पर्धाबाट विजयीहरुः
खेम नेपाली (एमाले/६,२७०)
अगमप्रसाद वान्तवा (एमाले/६,१३८)

निर्विरोध निर्वाचित भएकाहरुः
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)
पर्शुराम मेघी गुरुङ (एमाले)
रमेशजंग रायमाझी (कांग्रेस)
हरिचरण शिवाकोटी (एमाले)