राजनीति

राजधानीको विषयमा दुई थापा यसाे भन्छन्

काठमाडौं, २१ माघ । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस युवा नेता गगन थापाले प्रदेश ३ को राजधानी हेटौंडा अपायक भएको बताएका छन् । शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले भौगोलिक र प्रदेशको केन्द्रको हिसावले हेटौंडाभन्दा काभ्रे नै उपयुक्त भएको बताएका छन् ।
प्रदेश ३ का १३ जिल्लामध्ये अधिकांशलाई हेटौंडा अपायक भएको बताउँदै स्थायी राजधानी काभ्रे नै बनाउनुपर्नेमा उनले जोड दिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ । उता, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले प्रदेश ३ को राजधानी हेटौंडा कायम गरेर आफूले चुनावको समयमा मकवानपुरका जनतासँग गरेको बाचा पूरा गरेको दाबी गरेका छन् ।
म हेटौंडा राजधानी भएपछि पाइला टेक्दा निकै भावुक भएँ, मैले चुनाव हारे पनि जनतासँग गरेको बाचा पूरा गरेको छु । उनले भने । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा उनले भने, सातै प्रदेशको अस्थायी राजधानी नै स्थायी रुपमा रहने छ ।