राजनीति

राजनीतिक भेटवार्तामा व्यस्त हुँदै स्वराज

काठमाडौं, १९ माघ । दुई दिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज शुक्रबार पनि राजनीतिक भेटवार्तामा व्यस्त हुँदैछिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा बिहीबार अपराहन्न नेपाल भ्रमणमा आएकी विदेशमन्त्री स्वराजले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग औपचारिक भेटवार्ता गर्ने तयारी छ ।
स्वराजले शुक्रबार सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बिहान ९ बजेपछि भेटवार्ता गर्ने तयारी छ ।स्वराजले दिउँसो १२ बजेपछि राष्ट्रपति भण्डारीसँग औपचारिक भेटवार्ता गर्ने तयारी छ । भेट राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ । त्यसपछि उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम छ ।
नयाँ संविधान जारी भएपछि फेरिएको संरचना अनुसार चुनाव भएपछि परिवर्तित राजनीतिक समिकरणमा भारतीय भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित भारतीय विदेशमन्त्री स्वराज काठमाडौं आएकी हुन् ।