राजनीति

एमाले–माओवादीबीच मिल्यो भागबण्डा

काठमाडौं, १५ माघ । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशका मुख्यमन्त्री, सभामुख, उपसभामुख र सभापतिको भागबण्डा टुंगो लगाएको छ । दुई दलको कार्यदलले प्रदेशका मुख्यमन्त्रीसहित अन्य पदको टुंगो लगाएको छ ।
आइतबार बसेको कार्यदलको बैठकले यस्तो टुंगो लगाएको हो । कार्यदलको बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखको टुंगो लगाएको नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार प्रदेशको १, ३, ४ र ५ मा एमालेका मुख्यमन्त्री रहनेछन् भने ६ र ७ मा माओवादी केन्द्रका मुख्यमन्त्री चयन गरिनेछन् । त्यसैगरी प्रदेश नम्बर ४ र ५ मा सभामुख माओवादी केन्द्रको रहनेछ भने बाँकी रहेका प्रदेशमा एमालेले सभामुख आफ्नो पार्टीको बनाउनेछ ।
त्यसैगरी उपसभामुखमा ४ र ५ नम्बर प्रदेशमा एमालेका रहनेछन् भने बाँकी रहेका प्रदेशमा माओवादी केन्द्रका उपसभामुख रहनेछन् । दुई पार्टीबीच प्रदेशमा सरकार बनाउँदा ७० र ३० प्रतिशत कायम गरिने सहमति पनि भएको छ ।
प्रदेशमा सरकार निर्माण गर्दा ७ देखि ११ नबढ्ने गरी बनाउन कार्यदलले सुझाव पनि दिएको छ । सोही आधारमा एमालेले ७० र माओवादी केन्द्रले ३० प्रतिशत भागबण्डा गर्नेछन् ।