राजनीति

माघ मसान्तभित्र आय व्यय विवरण बुझाउन निर्देशन

काठमाडौं, १५ माघ ।  निर्वाचन आयोगले राजनीतिक दलहरुलाई माघ मसान्तसम्म पछिल्लो आय र व्ययको विरण बुझाउन निर्देशन दिएको छ । निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सूचनामा माघ मसान्तभित्र सबै राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन बुझाउनुपर्नेछ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा १ मा दलले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो आय र व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १४ को उपनियम ९१० मा लेखापरीक्षण प्रतिवेदनमा खुलाउनुपर्ने विवरणको बारेमा उल्लेख गरिएको छ ।