राजनीति

समानुपातिकमा ९५,४४,७४४ मत सदर, कसको कति ?

काठमाडौं, ३ पुस । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । त्यसमा ९५ लाख ४४ हजार ७४४ मत सदर भएको निर्वाचन आयोगले जनाएको छ । त्यसमध्ये नेकपा एमालेले ३१ लाख ७३ हजार ४९४ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३८९, माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१, राजपा नेपालले ४ लाख ७२ हजार २५४, संघीय समाजवादी फोरम नेपालले ४ लाख ७०हजार २०१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
विवेकशील साझाले २ लाख १२ हजार ३६६, राप्रपाले १ लाख ९६ हजार ७८२, राप्रपा प्रजातान्त्रिकले ८८ हजार ३७७, नयाँ शक्ति पार्टी नेपाल ८१ हजार ८३७, राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।