राजनीति

मधेशको मुद्दा स्थापित गर्न संघर्ष जारी रहन्छः यादव

सप्तरी, २७ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले अहिलेको जीत मधेशको मुद्दाको जीत भएको भन्दै मुद्दा स्थापित नभएसम्म संघर्ष जारी रहने बताएका छन् । सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित फोरम अध्यक्ष यादवले सप्तरी सदरमुकाम राजविराजमा जिल्लास्तरीय विजयी ¥यालीलाई संवोधन गर्दै फोरम–राजपा गठबन्धनलाई प्राप्त जनादेश मधेशको जायज माग पुरा गराउनकै लागि भएको जिकिर गर्नुभयो । पछिल्लो जनादेशले मधेसको मुद्धाले अन्तराष्ट्रिय क्षेत्रमै प्रार्थमिकता पाएको यादवको दावी छ । 
मधेशको मुद्दा कुनै क्षेत्र वा जातिको नभई समग्र मुलुक कै मुद्दा बनेकोे दावी गर्दै यादवले मधेशको मुद्दा सम्बोधन नगरी मुलुक अगाडी बढ्न नसक्ने पनि बताउनुभयो । सभामा नेताहरुले अब मधेशको मुद्दा स्थापित गराएरै छाडने र संविधान संसोधन गराउने उद्घोष गरे । सभामा राजपा–फोरम गठबन्धनबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सबै सदस्यहरु सहभागि थिए ।