काठमाडौं, १७ मंसिर । विवेकशील साझा पार्टीका संयोजक तथा काठमाण्डौँ क्षेत्र नं ५ का उम्मेद्वार उज्वल थापाको चुनावीसभा सम्पन्न भएको छ । क्षेत्र नं ४ र ५ को संयुक्त आयोजनमा सानोगौचरणमा भएको विवेकशील साझाको ‘ऐतिहासिक भेला’ मा काठमाण्डौँ उपत्यकाका सबैजसो उम्मेद्वारहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै संयोजक थापाले विवेकशील साझा यसैपटक राष्ट्रिय पार्टि मात्र हैन शसक्त उपस्थितिसहित संसदमा प्रवेश गर्न लागेको बताउनुभयो । क्षेत्र नं ५ को संबन्धमा उहाँले भन्नुभयो, ‘बुढानीलकण्ठ र टोखा जस्ता साँस्कृतिक महत्वका ठाँउ देखि महत्वपुर्ण राष्ट्रिय कार्यालय रहेको यो क्षेत्र भीआइपी ठाँउ बनाउन सकिन्छ ।’
आफ्ना विपक्षीहरुप्रति टिप्पणी गर्दै उनले आफु मात्रै यो क्षेत्रमा जन्मेहुर्केको र यहिँ विगतमा व्यवसाय र समाजसेवा गरेको भएकाले आफ्नो विजयलाइ यहाँका नागरिकले आफ्नो विजयको रुपमा लिएको बताए । अरु पार्टीका उम्मेद्वार ुटुरिष्ट उम्मेद्वारु मात्र हैन उनिहरु कुसँस्कृत राजनीतिका प्रमुख पात्र भएकाले यो सचेत क्षेत्रले उनिहरुलाइ वहिस्कार गर्ने उनले बताए ।
कार्यक्रममा काठमाण्डौँका दशै उम्मेद्वारका अलग अलग स्टल राखिएको थियो । स्टलमा सम्बन्धित उम्मेद्वारलाइ भेट्न सकिने व्यवस्था थियो । कार्यक्रममा संयोजक उज्वल थापा, क्षेत्र नं ४ कि उम्मेद्वार सुबुना बस्नेत, केन्द्रिय सदस्यहरु गोविन्द नारायण, रञ्जु दर्शना, अनुपा श्रेष्ठ लगायतले संबोधन गरेका थिए । कार्यक्रममा करिब तिन हजार पाँच सयको सहभागिता थियो ।
थुप्रै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिमा राष्ट्रिय झण्डा बोकेका सहभागिहरु कार्यक्रमको अन्तसम्म रमाएका थिए । कार्यक्रमको अन्त्यमा शसक्त भाषण गरेका नेता गोविन्द नारायणले विवेकशील साझा पार्टीको आवश्यकता र यसको उद्देश्य स्पष्ट पारेका थिए । विवेकशीलको लडाँइ कांग्रेस या कम्युनिष्ट संग नभएर नागरिकको विकासको आकांक्षाको बाधक कुसँस्कृत राजनीतिसंग भएको बताउनुभयो ।
Comments