राजनीति

कार्यकारीमा ओली र म नैः प्रचण्ड

चितवन, १३ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले चुनाव परिणामलगत्तै माओावदी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रमिध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् । 
भरतपुरबाट ३० किलोमिटर पश्चिममा पर्ने मेघौलीमा ओाजित कार्यक्रमपछि उनीसँगको शिवेष कुराकानीमा दाहालले भने, ‘माओवादी र एमालेबीच एकीकृत हुने । एकीकृत पार्टीले पार्टी अध्यक्ष, मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पदमा सहमतिका साथ भागबन्डा गर्ने वाम गठबन्धन घोषणाका क्रममै भएको सहमति उल्लेख छ ।’
आफू र ओलीले एकीकृत पार्टीपछि के पद पाउने भन्दा पनि सात दशकदेखि जनताले प्रतिक्षा गरेको विभाजित कम्युनिस्टबीचको एकता ठूलो कुरा हुने तर्क गरे । त्यसले हामी दुईका लागि पदभन्दा पार्टी एकता ठूलो कुरा हो’ उनले भने  । कुनै न कुनै कार्यकारी पदमा म हुन्छु, दाहालले हर्षका साथ भने । माओवादी र एमालेबीच एकताको उद्देश्य अधिनायकवाद जन्माउने नभएर शान्तिप्रक्रियालाई पूर्णता दिनु र संविधान कार्यान्वयन सफलता पाउनु रहेको दाबी गरे । आजको अन्नपूर्णमा समाचार छ ।