नवलपरासी, १३ मंसिर । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले बामपन्थी एकताबाट मुलुकमा जन्मने कम्युनिस्ट अधिनायकवादविरुद्ध आमजनताको मत कांग्रेसको पक्षमा आउने जिकिर गरेका छन् ।
कोइरालाले भने, ‘ देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी सामाजवादमा पु¥याउने प्रतिवद्धताकासाथ एमाले र माओवादीको गठबन्धन भएको छ । यसको उद्देश्य प्रजातिन्त्रका विश्वव्यापी मूल्य र मान्यताविरुद्ध अधिनायकवादी शाशन व्यवस्था लागू गर्नु हो । त्यसैले आम जनताले कांग्रेसको पक्षमा मतदान गर्नेछन् । ’
नवलपारसी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार डा. कोइरालाले भरतपुरबाट करिब पाँच किलोमिटर पश्चिममा पर्ने गैंडाकोटमा मंगलबार बिहान भने, ‘जनताले ठूल्ठूला परिवर्तनमा सहभागी कांग्रेसलाई मतदान गरी वामपन्थीको अधिनायकवादी सत्ता सोचनलाई पपरास्त गर्ने विश्वासमा छु ।’
कांग्रेसले प्रजातन्त्र र बहुलवादमा कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै उनले यी सबै विषयमा जनात नै विज्ञ रहेकोले पनि कांग्रेसले आगामी चुनावी परिणाममा बहुमत सिद्ध गर्नेमा आफू विश्वस्त रहेको बताए । आजको अन्नपूर्णमा समाचार छ ।
Comments