राजनीति

कांग्रेसले खटायो जिल्लामा केन्द्रीय प्रतिनिधि, कुन जिल्लामा को ?

काठमाडौं, २७ कार्तिक । नेपाली कांग्रेसले आउँदो मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको चुनावको तयारीको लागि पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिहरु खटाएको छ । 
कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो । 
कुन जिल्लामा को केन्द्रीय प्रतिनिधि ?
- सोलुखुम्बु खिलानाथ दाहाल
- संखुवासभ धना खतिवडा
- भोजपुर तारामान गुरुङ्ग
- ओखलढुंगा मृदुला कोइराला
- ताप्लेजुङ केशवकुमार वुढाथोकी
- पाँचथर वेनुपराज प्रसाई
- खोटाङ रमा पौडेल
- नुवाकोट प्रा वासुदेव घिमिरे
- रसुवा बहादुर सिंह लामा
- धादिङ रामेश्वर उपाध्याय
- सिन्धुपाल्चोक मिन विश्वकर्मा
- दोलखा पुष्पा भुषाल
- रामेछाप शोभाकर पराजुली
- मुस्ताङ शोभियतबहादुर अधिकारी
- म्याग्दी तिलक रानाभाट
- बाग्लुङ कुमार खड्का
- मनाङ डा हिमलाल घिमिरे
- लम्जुङ धनबहादुर मास्की राना
- गोरखा भेषराज दुवाडी
- रूकुम (पूर्वी भाग) कृष्ण कार्की
- रोल्पा पार्वता डिसी चौधरी
- रूकुम (पश्चिम भाग) गेहेन्द्र गिरी
- जाजरकोट गोविन्द मल्ल
- हुम्ला डा प्रमोद अर्याल
- मुगु डिल्लीराज तिवारी
- जुम्ला सरस्वती शाह
- कालिकोट आशा विक
- डोल्पा विद्या खनाल 
- दार्चुला नरेन्द्र सिंह भण्डारी
- बझाङ शंकरप्रसाद पाण्डे
- बाजुरा अरुणप्रकाश सिंह राठौर
- बैतडी दिलेन्द्रप्रसाद बडू