राजनीति

चुनावी चटारो, आर्ट पसलेलाई भ्याइनभ्याइ

काठमाडौं, २१ कार्तिक । नजिकिँदै गरेको पदेशसभा र प्रतिनिधिसभाको निवाचलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरुलाई भ्याईनभ्याई छ ।  बागबजारका आर्ट पसल पार्टी कार्यालय नै हुन्, कि भन्ने भान पर्छ । माग आउन या नआउनु उनहरु माग पुरा गर्ने तायरीमा छन् । प्रचार समामग्री बनाईरहेका छौं, माग आए विक्री हुन्छ नआए अर्को चुनावमा काम लाग्छ, बागबजारमा पार्टीका प्रचार सामग्री बनाउन व्यस्त श्याम आर्ट पसलमा श्यामले भने । 
अरु बेला दैनिक दुई तिन जना मात्र खटिएर पुग्नेमा अहिले उनको पसलमा थप तीन जना खटिएका छन् । उनीहरु सबैको काम चुनावी सामग्री बनाउनु हो ।