राजनीति

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै

काठमाडौं, १९ कार्तिक । निर्वाचन आयोगले आइतबार दोस्रो चरणको चुनावका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ । आयोगले आइतबार अन्तिम नामावली प्रकाशन गरी आइतबारै उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुअघि दिउँसो एक बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 
यस्तै १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ देखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी भएको उहाँले बताउनुभयो । शनिबार उम्मेदवारविरुद्ध परेको दाबी विरोधमा अनुसन्धान गरेको आयोगले आइतबार उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन गरीचुनाव चिन्ह दिन लागेको हो ।
आयोगमा परेको १० उजुरी मध्य दाबी विरोधको पुष्टि भएकाले ६ जना उम्मेदवारी खारेज गरिएको र ४ जना विरुद्ध परेको उजुरी खारेज गरिएको आयोगले जनाएको छ ।