काठमाडाैं, १७ कार्तिक । नेपाली कांग्रेसले वाम गठबन्धनलाई लक्षित गरेर आलोचना नै आलोचनाले भरिएको घोषणापत्र जारी गरे पछि वाम गठबन्धनले पनि कांग्रेसको आरोपहरुको जवाफ घोषणापत्र मार्फत् नै दिएको छ । वाम गठबन्धनले जारी गरेको चुनावी घोषणापत्रमा नेपाली कांग्रेसलाई दलाल, निरंकुश र लोकतन्त्रविरोधीको संज्ञा दिइएको छ । विदेशीको हित साधनामा केन्द्रित रहेको आरोप लगाउँदै घोषणापत्रमा कांग्रेसले राष्ट्रियतालाई सुदृढ गर्ने विषयमा सकारात्मक भूमिका खेल्न नसकेको दावी गरिएको छ ।
त्यसैगरी राजपालाई आत्मसमर्पणवादीको आरोप लगाउँदै घोषणापत्रमा सामन्तवाद अवशेषलाई संरक्षण गर्ने झुण्डको संज्ञा दिइएको छ ।
राप्रपालाई सामन्तीको संज्ञा दिइएको वाम गठबन्धनको घोषणापत्रमा संघीय फोरमप्रति भने नरम शब्दहरुको प्रयोग गरिएको छ ।
घोषणपत्रमा समेटिएका मुख्य–मुख्य बुँदाहरु –
१. १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँचहजार डलर पुुर्याउने,
२. वि.सं. २०९९ सम्ममा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा लैजाने,
३. १० वर्षमा नेपाल प्रांगारिक मुलुक बन्ने,
४. घर–घरमा बिजुली, जन–जनमा शेयर,
५. राजधानीमा खेलकुुद विश्वविद्यालय
६. बाढी पहिरोमा घडेरी गुमाएकालाई निःशुल्क घडेरी
७. भारतसँग भएका असमान सन्धि र सम्झौता प्रतिस्थापन गर्ने ।
Comments