काठमाडाैं, १४ कार्तिक । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच भागवण्डा टुंगिएको छ । तमलोपाको पुरानो कार्यालयमा मंगलबार बिहान बसेको बैठकले क्षेत्र बाँडफाँटमा प्रारम्भिक सहमति जुटाएको हो । बैठकले प्रतिनिधिसभातर्फ फोरमलाई १७ र राजपालाई १६ सिट रहने गरी भागवण्डा गरेको छ । त्यस्तै प्रदेशसभामा फोरमले ३३ सिटमा उमेदवारी दिनेछ भने राजपाले ३१ ठाउँमा उमेदवारी दिनेछ ।
यसबीचमा गठबन्धनले कांग्रेससँग पनि छलफल गर्दैछ । कांग्रेससँग तालमेलमा समझदारी कायम भयो भने दुवै दलले अहिले टुंग्याएका सिट घट्नेछ । तथापि बाँडफाँटको अनुपात भने यही हुने राजपाका महासचिव केशव झाले जानकारी दिए ।
राजपा स्रोतका अनुसार कांग्रेससँग तालमेलै नभए पनि कन्युनिष्ट गठबन्धन बलियो भएको ठाउँ, शीर्ष नेता उठेका ठाउँमा राजपाले कांग्रेसलाई सघाउने विषयमा सहमति कायम हुन सक्छ ।
फोरमले उमेदवारी दिने क्षेत्र (प्रतिनिधिसभा)
बारा २, ३
पर्सा १,२ ,३
रौतहट २
सर्लाही ३
महोत्तरी १, ४
धनुषा १ २, ३
सिरहा १, २, ३
सप्तरी १, २
राजपाको भागमा परेको निर्वाचन क्षेत्र (प्रतिनिधिसभा)
बारा १, ४
पर्सा ४
रौतहट १, ३, ४
सर्लाही १, २, ४
महोत्तरी २, ३
धनुषा ३
सिरहा ४
सप्तरी ३, ४
फोरमलाई प्रदेशसभातर्फ
बारा १ (क), २, (क), ३ (क र ख)
पर्सा १ (क र ख), २ (क), ३ (क), ४ (ख)
रौतहट १ (ख), २ (ख), ३ (ख)
सर्लाही २ (ख), ३ (ख)
महोत्तरी १ (ख), ४ (क र ख)
धनुषा १ (क), २ (क र ख), ४ (क र ख)
सिरहा १ (क र ख), २ (क र ख), ३ (क र ख)
सप्तरी २ (क), ४ (क र ख)
प्रदेशसभातर्फ राजपाको भागमा परेको निर्वाचन क्षेत्र
बारा १ (ख), ४ (क र ख)
पर्सा २ (ख), ४ (क)
रौतहट १ (क), २ (क), ४ (क र ख)
सर्लाही १ (क र ख), २ (क), ३ (क), ४ (क र ख)
महोत्तरी १ (क), २ (क र ख), ३ (क र ख)
धनुषा १ (क), ३ (क र ख)
सिरहा ४ (क र ख)
सप्तरी १ (क र ख), २(ख), ३ (क र ख)
Comments