काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कैलाली क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष चुनाव लड्ने भएकी छिन्। अघिल्लो पटक समानुपातिक प्रणालीतर्फबाट सांसद बनेकी प्रधानमन्त्री देउवाकी पत्नी आरजु यो पटक भने प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष चुनाव लड्न लागेकी हुन्।
सोमबार बसेको संसदीय समितिको बैठकले देउवा पत्नी आरजुलाई कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका लागि टिकट दिने निर्णय गरेको हो। कैलाली क्षेत्र नम्बर ५ कांग्रेस बाहुल्य क्षेत्र हो, जुन क्षेत्रबाट अघिल्लो संविधान सभा निर्वाचनमा प्रधानमन्त्री देउवा विजयी भएका थिए।
सभापति देउवाले साविकको कैलाली क्षेत्र नम्बर ६ छोडेर डडेल्धुरा रोजेपछि भएको उपनिर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझा विजयी भएका थिए।
अघिल्लो निर्वाचनमा ६ वटा निर्वाचन क्षेत्र भएको कैलालीमा यो पटक पाँच वटा निर्वाचन क्षेत्र कायम गरिएको छ।
Comments