रौतहट, २२ असोज । शहरी विकास मन्त्री प्रभुु साहले फतुुआ बिजयपुर नगरपालिकाको मुहार फेर्न प्रतिवद्धता जनाएका छन् । दशकौंदेखि विकासको गतिमा पछि परेको फतुुआ बिजयपुर नपा मेवाटोलमा बडादशै, तिहार,छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा बाल्दै मन्त्री साहले उक्त प्रतिवद्धता जनाएका हुन् ।
मेवाटोलका अति पिछडिएका दलित बस्तीमा अबिलम्ब बाटो ढलान गर्न मन्त्री साहले स्थानियहरुको दिए । त्यसैगरी उनले सितलपुरमा पनि विकासको लहर ल्याउने प्रतिवद्धता जनाएका छन् । शहरी विकास मन्त्रालयको योजनामा सितलपुर गाँउमा बाटो तथा बिभिन्न निर्माणको कार्यको लागि करोडौंको टेण्डर समेत भईसकेकाले निगरानी गर्न मन्त्री प्रभुु साहले स्थानियहरुलाई अनुुरोध गरे ।
अन्य नेता सरह आफुुले उधारो भाषणमा मात्र सिमित न रहेर क्षेत्रको विकास नै आफनो लक्ष्य रहेको जानकारी दिए । आफुुले नेतृत्व गरेको पुुरानो संरचनाको संसदिय निर्वाचन क्षेत्र नम्बर तीनको विकासको गतिको उदाहरण दिदै अबको दिनमा समग्र रौतहटमा विकासको गती ल्याईसकेको मन्त्री साहले जानकारी दिए।
उनले संसदिय निर्वाचन क्षेत्र नम्बर ३ लाई कच्ची सडक र झुुपडीमुुक्त क्षेत्र बनाउने घोषणा समेत गरे । सो अवसरमा कांग्रेस तथा एमाले परित्याग गरेर २५ जना मानिस माअोवादी केन्द्रमा प्रवेस गरेका थिए । मन्त्री साहले नवप्रवेसीलाई टिका तथा माला लगाएर स्वागत गरेका थिए ।
Comments