राजनीति

सिलवालको एमालेमा औपचारिक अवतरण

काठमाडौं, २० असोज ।  नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले राजनीति सुरु गरेका छन् । उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।  शुक्रबार बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा आयोजित कार्यक्रममा सिलवाललाई एमाले अध्यक्ष केपी ओलीले पार्टीमा स्वागत गरे । उनलार्इ ओलीले खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
यसअघि उनले दशैंको टीका पनि एमाले अध्यक्ष ओलीको हातबाट लगाएका थिए । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाललाई कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको आरोप लागेको छ ।
आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत नभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।