राजनीति

वीरगञ्ज, कलैया र सिमरामा एमालेले उम्मेदवार टुंगो लगायो

पर्सा, १८ भदौ । नेकपा एामलेले असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन नगरमा उमेदवारी टुंगो लगाएको छ । शनिबार बसेको स्थायी समितिको बैठकले वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको उमेदवार टुंगो लगाएको हो ।
वीरगञ्जमा एमालेले प्रमुखमा वसुरिद्धिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्यलाई उमेदवार बनाएको छ । कलैया उपमहागरपालिकामा प्रमुखमा विनोद साह र उपप्रमुखमा प्रतिमा यादव र जितपुर सिमरा उपमहानरगरपालिकामा प्रमुख कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई उमेदवार बनाएको छ ।
बाँकी उमेदवार टुंगो लगाउन नेकपा एमाले स्थायी कमिटी बैठक आजै दिउँसो ४ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने भएको छ ।