राजनीति

नयाँ शक्तिका नेता तथा कार्यकर्ता सडक संघर्षमा

काठमाडौं, १४ भदौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने माग गर्दै दवाबमूलक आन्दोलन सुरु गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने पार्टीको माग सम्बोधन गर्न सरकारलाई दवाब दिन आन्दोलन सुरु गरिएको नेता गंगानारायण श्रेष्ठले जानकारी दिनु भयो । 
माईतीघर मण्डलामा भेला भएका पार्टीका नेता, कार्यकर्ताले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने शासन व्यवस्था स्थापना गर्न सरकारसँग माग गरेका थिए । शान्ति र समृद्धिका लागि राजनीतिक स्थिरता र राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने पार्टीको अडान रहेकाले सोही माग सम्बोधन गराउन आन्दोलनको कार्यक्रम अघि बढाइएको नेता श्रेष्ठले जानकारी दिनुभयो । 
नयाँ शक्ति पार्टी, नेपालले सुशासन कायम गर्न पनि सरकारसँग माग गर्दै आएको छ । नेता श्रेष्ठले मुलुक भ्रष्टाचारको दलदलमा पंmसेकाले त्यसबाट मुक्त गराउन पनि आफूहरु लागि परेको दावी गर्नुभयो ।