राजनीति

राजपाले चुनावमा भाग लिने

काठमाडौं, ७ भदौ । संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएपनि राजपा स्थानीय तहको तेस्रो चरणको चुनावमा भाग लिने भएको छ । सोमबार संसदबाट विधेयक अस्वीकृत भए पनि राजपाको पछिल्लो बैठकले चुनावमा भाग लिने निर्णय गरेको हो । यस अघि पनि संशोधन विधेयक पास वा फेल जे भए पनि चुनावमा भाग लिन राजपा राजी भएको थियो ।   चुनावमा जाने कि नजाने भन्ने विषयमा भएको छलफलमा राजपाका महासचिव राजिव झाले भने, ‘अधिकांश पदाधिकारीहरुले निर्वाचनमा सहभागी हुने बताएका छन् । मलाई लाग्छ पार्टी निर्वाचनमा होमिनेछौं ।’