काठमाडौं, ३२ साउन । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको निर्वाचन आयोगले प्रदेश नं. २ अन्तर्गत हुन गइरहेको तेस्रो चरणको चुनवलाई लक्षित गरी आफ्ना काम द्रूत गतिमा अघि बढाएको छ । राजनीतिक दलका नेताहरु पनि प्रदेश नंं २ मा केन्द्रित भइरहेका बेला आयोगले निर्वाचनलाई लक्षित गर्दै भदौ एक गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ ।
प्रमुख निर्वाचान आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तयार पारेको थियो ।
Comments