राजनीति

तरुण दलले थाल्यो राहत संकलन अभियान

काठमाडौं, ३१ साउन ।  नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बाढी पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि विशेष राहत कार्यक्रम सुरु गर्ने जनाएको छ। तरुण दलले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको भन्दै राहत संकलनका लागि विशेष कार्यक्रम सुरु गर्न लागेको जनाएको हो। 
देशभर तरुण दलका तीन लाख सदस्य रहेको भन्दै तरुण दलले प्रत्येक सदस्यलाई राहत संकलनमा सहभागि हुन निर्देशन दिएको छ। तरुण दलका अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘बाढी र पहिरोमा परी लाखौं जनता यति बेला कष्टकर जीवन बाँच्न बाध्य छन्, यति बेला तरुण दलको काँधमा ठूलो जिम्मेवारी आएको छ। देशभरका तरुणहरुलाई राहत संकलन गरेर पीडितहरुलाई वितरण गर्न निर्देशन गरिन्छ।’
एक तरुण एक राहत अभियान साताव्यापी चलाउने निर्णय गर्दै तरुण दलले उद्धार र राहत संकलन कार्यलाई संगसंगै लैजादै केन्द्रसंगको समन्वयमा व्यवस्थित रुपमा राहत वितरण गर्न सबै जिल्ला कार्यसमितिलाई निर्देशन समेत दिएको छ।