काठमाडौं, साउन । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्काको अगुवाईमा भएको तरुण अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको समापन गर्दै गरिबी निवारण तथा सहकारी बिकास मन्त्री अम्बिका बस्नेतले तरुण युवाहरुलाई राजनीतिमा सक्रिय रुपमा लाग्न निर्देशन दिनुभयो । विभन्न आन्दोलन तथा राजनीतिक परिवर्तमा युवाहरुको नेतृत्वदायी भूमिका रहेको स्मरण गर्दै कांग्रेस भित्रको आन्तरिक किचलो पन्छाउने जिम्मेवारी पनि तरुणको काँधमा आएको बताउनुभएको हो ।
राजधानीमा गत साउन १४ गतेदेखि भएको तरुण अभिवृद्धि प्रशिक्षण कार्यक्रमको विहीबार समापन गर्दै मन्त्री बस्नेतले युवा जागे असम्भव सबै सम्भव हुने बताउनुभयो । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभएको तरुण क्षमता अभिवृृद्धि प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाड, उदय सम्सेर राणा, बद्री पाण्डे , रामशरण महत, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाल र पब्लिक स्पिकर नबिन चित्रकारले विभिन्न बिषयमा प्रशिक्षण दिनुभएको थियो।
समापन कार्यकार्यमा बोल्दै नेपाल तरुण दल केन्द्रीय अध्य्क्ष जितजंग बस्नेतले अब मुलुकभर तरुणहरुलाई लक्षित विभिन्न प्रशिक्षण कार्यक्रमको आयोजन गर्ने बताउनुभयो । उहाँले प्रदेश नं। २ को स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यही २४ देखि ३२ सम्म वडा नगर क्षेत्र जिल्ला स्तरीय तरुण जागरण अभियान संचालन गर्न निर्देशन दिसकेको पनि जानकारी दिनुभयो ।
Comments