खेलकुद

सातौँ राष्ट्रिय खेलकुद : समग्रमा आर्मीको अग्रता

काठमाडौं, ११ पुस । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद जारी छ । तीन वर्षपछि चार–चार पटक मिति तोकिएर अनिश्चित बन्दै बल्ल शुरु भएको प्रतियोगितालाई लिएर खेलाडीहरु उत्साहित बनेका छन् । त्यस्तै पूर्वाञ्चलमा खेलकुद भएपछि पूर्वाञ्चलका खेलाडी झन हर्षित छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको खेलमा विभिन्न विधामा खेलाडीहरुले पदक जित्ने क्रम जारी रहेको छ । कोही खेलाडीले दोहोरो स्वर्ण हात पारेका छन् भने केही खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । 
नेपालको सुनसरी, मोरङ, झापा, सिरहा, सप्तरी, धनकुटा इलामलगायत जिल्लामा भइरहेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत दुई हजार एकसय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म १ सय २० पदकको खेल सम्पन्न भइसकेका छन् । समग्रमा प्रतियोगितामा नेपाल आर्मी अग्रस्थानमा रहेको छ । आइतबारसम्मका खेल सकिदासम्मको पदक तालिका यस्तो छ :