खेलकुद

साफका लागि महिला टोली घोषणा

काठमाडौं– अखिल नेपाल फुटबल संघ एन्फाले पुस ११ गतेदेखि भारतमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ । भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २० सदस्यीय टोलीको टुंगो लगाएको हो ।
जसमा ३ जना गोलकिपर, ६ जना डिफेन्डर, ४ जना स्ट्रायकर र ७ जना मिडफिल्डर छन् । कुमार थापा प्रशिक्षक र अस्मिता खवास सहायक प्रशिक्षक रहेको नेपाली टोलीको कप्तानमा रेनुका नगरकोटी र उपकप्तानमा आँचल वाइवा रहेका छन् ।  नियमित कप्तान अनु लामा चोटका कारण बाहिरिएपछि रेनुकाले कप्तानीको जिम्मेवारी पाएकी हुन् । टोलीमा चार फवार्ड, सात मिडफिल्डर, छ डिफेन्डर र तीन गोलकिपर छन् ।
गोलरक्षकमा नमिता कुमारी दली, अन्जली तुम्वाम्पो र अञ्जना  राना मगर रहेका छन् । यस्तै डिफेन्समा गीता राना, पुनम जर्घा मगर, हिरा कुमारी भुजेल, अञ्जली वाइवा, मनमाया लिम्बु र कविता धिमालले अन्तिम टोलीमा स्थान बनाए । यस्तै मिडफिल्डमा सपना लामा, दिपा अधिकारी, अनिता बस्नेत, रेनुका नगरकोटी, दीपा राई र मञ्जलीकुमारी योन्जन छन् भने फरवार्डमा सावित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, शरु लिम्बु र निर्मला विकेले अन्तिम २० सदस्यीय टोलीमा स्थान बनाए । प्रशिक्षणमा ३० खेलाडीको सहभागिता थियो । नेपली टिमको प्रशिक्षकमा कुमार थपा छन् । यस्तै सहायक प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी अस्मिता खवास छन् ।
नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भुटान, माल्भ्सि र श्रीलंका छन् । यस्तै समूह ‘बी’ मा साविकको विजेता भारतसँगै बंगलादेश र अफगानिस्तान छन् । आगमी २६ डिसेम्बारबाट भारतको सिलगुढीमा हुने प्रतियोगितामा नेपालले भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै २८ डिसेम्वरमा माल्दिभ्स तथा ३० डिसेम्वरमा श्रीलंकासँग खेल्नेछ । नेपाल प्रतियोगिताको तीनै संस्करणको उपविजेता हो । तीनै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।