खेलकुद

एन्फाको चरम लापरवाही, थ्री स्टार एएफसी कपलको प्लेअफ खेल्नबाट बञ्चित

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ खेल्ने अधिकारबाट वञ्चित भएको छ । भदौमा मंगोलेसियमा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह बीको च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणको लागि छानिएको थियो ।

प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका रुपमा थ्री स्टार चयन भएको थियो । समूहको शीर्ष टोली स्वतः प्लेअफका लागि छानिने प्रस्ट प्रावधान भए पनि नेपाली फुटबलको सर्वोच्च निकायको असावधानीले थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्लेअफ खेल्ने मौका पाएको छ।
एन्फाले समयमा एसियाली फुटबल महासंघमा क्लब तथा टिम दर्ता नगराएका कारण थ्री स्टार छनोट चरण पार गरेपनि पहिलो एएफसी कप खेल्नबाट बञ्चित भएको हो ।  एफसी कपको प्लेअफका लागि अर्को मंगलबार एएफसी मुख्यालयमा ड्र हुँदैछ ।

त्यसका लागि एएफसीले आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको देश र टिमको नामावलीमा नेपाल र छनोट चरण पार गरेको थ्रीस्टार क्लबको नाम छैन । एएफसीले बारम्बार ताकेता गर्दा पनि एन्फाले टिम दर्ता प्रक्रियामा उदासीनता देखाउँदा थ्रीस्टारको ठाउँमा इर्चिमलाई समावेश गरेको बताइएको छ । एन्फालाई मंगलबार प्रषित इमेलमा एएफसीलका प्रतियोगिता विभाग निर्देशक सिन मान गिलले चारपटक ताकेता गर्दा पनि एन्फाले जवाफ नदिएकाले थ्री स्टारलाई सहभागी गराउने सम्भावना सकिएको प्रस्ट्याएका छन् । आजको नागरिकमा समाचार छ ।