खेलकुद

सन्दिपको कप्तानीमा यु–१९ टोली घोषणा

काठमाडौं– सन्दिप लामिछानेको कप्तानीमा एसीसी यू–१९ एसिया कप क्रिकेट टोली घोषण भएको छ । नेपाली टोलीमा अधिकांश नयाँ अनुहार छ । टोलीमा परेका अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार यसअघि यूू–१९ खेलिसकेका क्रिकेटर छन् ।
अन्य सदस्यमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमल सिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहब आलम, किशोर महतो, विक्रम भुसाल र सुसान्त थापा छन् । एसिया कप डिसेम्बर १३ देखि श्रीलंकामा हुनेछ ।