खेलकुद

अन्तिम समयमा बार्सा चुक्यो, गोल बराबरी

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोना र रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेका छन् । बार्सिलोनाको मैदान नाउ क्याम्पमा शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले बार्सिलोनालई १–१ को बराबरीमा रोकेको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो ।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५३ औं मिनेमा नेइमारको फ्रि किकलाई लुइस स्वारेजले हेड मार्फत सुन्दर गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । खेलको अन्तिम समयसम्म बार्सिलोनाले रियल मड्रिडलाई गोल गर्नबाट रोकेको थियो । तर ९० औं मिनेटमा कप्तान सर्जियो रामोसले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
बराबरीपछि लिग लिडर रियल मड्रिडले बार्सिलोनासँग ६ अंकको दूरी कायम राखेको छ । रियलको १४ खेलबाट ३४ तथा दोस्रो स्थानको बार्सिलोनाको समान १४ खेलबाट २८ अंक छ । रामोसले अन्तिम समयको गोलबाट रियलको अपराजित यात्रा ३३ खेलमा र्पुयाएका छन् । ला लिगा अन्तर्गत राति भएका अर खेलमा एथ्लेटिको मड्रिड स्पानियोलसँग तथा भिल्लारियल लेगानेससँग गोलरहित बराबरीमा रोकियो । यस्तै ग्रानाडाले सेभिल्लालाई २–१ ले हरायो ।

१९ मंसिर २०७३ ।