खेलकुद

महिला क्रिकेटमा नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं– एसिया कप ट्वेन्टी–ट्वेन्टी महिला क्रिकेटमा नेपालले सोमबार श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार बैंककमा पौने १ बजे सुरु हुनेछ । नेपाल र श्रीलंकाको महिला टोली दोश्रो पटक खेल्न लागेका हुन् । 

सन् २०१२ मा भएको पहिलो खेलमा नेपाल श्रीलंकासँग २० रनले पराजित भएको थियो । प्रतियोगितामा दुवै देश सोमबार पहिलो जितको खोजीमा छन् । यो प्रतियोगितामा नेपाल र श्रीलंका दुवै पाकिस्तानसँग हारेका थिए । नेपालले ९ विकेटले र श्रीलंका ८ विकेटले पाकिस्तानसँग पराजित भएका थिए । ब्याटिङ्ग सुधार गर्नु नेपाली टीमको मुख्य चुनौती देखिएको छ । 
१३ मंसिर २०७३ ।