काठमाडौं, ८ माघ । मानव बेचविखन तथा लैगिक हिंसा नियन्त्रणमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । माइती नेपालद्वारा सोमवार राजधानीमा आयोजित मानव बेचविखन तथा लैङ्गिक हिंसा, नियन्त्रणमा सञ्चार माध्यमसँग सहकार्य विषयक कार्यक्रममा सहभागी वक्ताहरूले उक्त कुरामा जोड दिनुभएको हुन् ।
काठमाडौं, ७ माघ । जेष्ठ नागरिकको क्षेत्रमा सक्रिय रहँदै आएको न्हापांगु पलाः नामक संस्थाले मध्यपुर थिमिका संचारकर्मी केके मानन्धरलाई सम्मान गरेको छ । संस्थाले काठमाडौंमा आयोजना गरेको दोस्रो वार्षिक कार्यक्रममा संचारकर्मी मानन्धरलाई सम्मान गरेको हो ।
काठमाडौं, ७ माघ । चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को निर्माण टिमले फस्टलुक सार्वजनिक गरेको छ । चलचित्रको मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको तस्विरहरु सार्वजनिक गरेको हो । कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’को ७५ प्रतिशत छायाँकन पूरा भएको छ ।
एजेन्सी, ५ माघ । पोर्चुगल र स्पेनी पुलिसको संयुक्त अनुसन्धान टोलीले बुधबार दक्षिण अमेरिकाबाट ल्याउँदै गरिएको ७४५ किलो कोकिन पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अत्याधिक मात्रामा रहेको सो लागुऔषधलाई भुईँकटरभित्र लुकाएर जहाजमार्फत यूरोप लैजाने तयारी गरिएको थियो ।
रौतहट, ५ माघ । स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै १४ पटक अनशन बसेका डा. गोविन्द केसी मधेसका शीतलहर प्रभावित बिरामीको उपचारका लागि रौतहट आइपुगेका छन् । चिकित्सकसहितको उनको टोलीले गढीमाई नगरपालिका २ समनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ ।
काठमाडौं, ५ माघ । सरकारले गत बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । संविधानको भारा २८८ उपधारा ९२० मा प्रदेशसभा राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने लेखिएको छ ।
काठमाडाैं, ५ माघ । पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ । एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ ।
काठमाडौं, ४ माघ । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने भएको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ ।
काठमाडौँ, २ माघ । विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २० औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’
काठमाडौं, १ माघ । थारु समुदायका मानिसले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन