मनोरंजन

ज्योति प्रहरीको शरणमा पुगिन्, फेसबुक वालभरी अस्लील फोटो

काठमाडौं–  गायिका ज्योती मगर प्रहरीको शरणमा पुगेकी छन् । उनलेका फेसबुक ह्याक भएको भन्दै उनी कारबाहीका लागि प्रहरीसमक्ष पुगेकी हुन् । कसैले उनको फेसबुक ह्याक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेको ज्योतिले बताइन् । 

गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्रहरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भएकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी हुन् ।

ह्याकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् । ज्योतिको फेसबुकको वालमा अहले अश्लिल फोटोहरु सार्वजनिक भएका छन् ।