समाचार

जबरजस्ती करणी पश्चात् हत्या गर्ने एक पक्राउ

रुपन्देही, २७ फागुन । रुपन्देहीको मर्चवारमा एक बालिकालाई जवरजस्ती करणी अर्थात बलात्कार गरी हत्या समेत गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 
बिद्यालयबाट फर्केपछि खाजा खाई घाँस काट्न खेतमा गएकी १२ बर्षिया बालिकालाई जवरजस्ती करणी अर्थात बलात्कार गरी हत्या समेत गरेको अभियोगमा कोटहीमाई गापा ३ बस्ने बर्ष २१ का संदिप कुमार धोबीलाई प्रहरीले पक्राउ गरेको हो । धोबीले गत फागुन २२ गते साँझ ५ बजेतिर खेतमा घाँस काट्न गएका बेला एक्लै भएको मौकाछोपी बालिकालाई जवरजस्ती करणी गरी निज बालिकाले ओढेको चुन्नीले घाँटीमा कसेर हत्या गरेको प्रहरीले जनाएको छ । सुक्ष्म अनुसन्धान पछि पक्राउ परेका अभियुक्तलाई जवरजस्ती करणी र कर्तब्य ज्यान अभियोगमा मुद्धा दर्ता गरिएको प्रहरीले जनाएको छ ।