समाचार

‘महिलाको अधिकरलाई कसैले पनि हस्तक्षेप गर्न मिल्दैन’

काठमाडौं, २३ माघ । कुनै पनि महिलाले आफ्नो शरिर स्वतन्त्र नभएसम्म मैलिक अधिकार प्राप्त नहुने महिला, कानुन र विकास मञ्चले जनाएको छ । आज काठमाडौंमा भएको १०८ औं महिला दिवसको उपलक्ष्यमा भएको प्रजनन् स्वास्थ्य अधिकार महिलाको संवैधानिक मौलिक अधिकार भन्ने मुख्य उद्देश्यका साथ संचालन गरिएको उक्त कार्यक्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक सविन श्रेष्ठले म बाट महिलावाद भएकाले महिलाको अधिकरलाई कसैले पनि हस्तक्षेप गर्न नपाउने नेपलाको ऐन तथा कानुनमा स्पष्ट तोकेको तर अझैपनि नेपालमा प्रजनन् स्वास्थ्यका विषयमा महिला तथा पुरुष विचमा विभेद रहेकोमा दुःख व्यक्त गरेका छन् । 
निर्देशक श्रेष्ठले भने महिला र पुरुष सम्बन्धी अदालत मुद्दा भन्दा ठूलो फैसला हुने भएकाले फैसला भएका तथा कानुन तथा ऐनमा उल्लेख भएका कानुनलाई व्यवहारितामा जस्ताको तस्तै लागु गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने श्रीमान श्रीमति विचमा पनि महिलाको इच्छा विपरित श्रीमानले यौन तथा अन्य कार्यहरु गर्छन भने त्यो पनि वलत्कार हुने बताएका छन् । 
कार्यक्रममा नेपाल ल क्याम्पसमा अध्यनरत कानुनका विद्यार्थीले पनि इच्छा विपरित कुनैपनि कार्य गर्नु र गराउनु कानुन विपरित हुने बताएका छन् । प्रजनन् स्वास्थ्य आत्मानिर्णयको अधिकार अनुसार प्रजनन् स्वास्थ्य आत्मानिर्णयको अधिकारले आफ्नो शरीरको पूर्ण अधिकार, मानविय मर्यादा सहित गोपनियताको अधिकार, आफ्नो सन्तानको संख्या र जन्मान्तर निर्धारण गर्ने अधिकार, महिलाको यौन र प्रजनन् चक्रलाई प्रभाव पार्ने सवै किसिमका हिसां र जबरजस्ती विरुद्धको अधिकार लगायतका विषयहरुलाई जनाउने बताएका छन् । त्यस्तै प्रजनन् स्वास्थ्य अधिकार नेपालको संविधानद्वारा स्थापित मौलिक हक हुनुनका साथै सर्वोच्च अदालतको फैसलाहरुद्वारा विकसित मान्यता र विधिशास्त्रको माग भएको बताएका छन् ।