मनोरंजन

नेपाल प्रहरीकी गीता नृत्य भनेपछि हुरुक्कै...

काठमाडौं, साउन । पछिल्लो समय निकै चर्चामा रहेकी ब्यस्त मोडल गीता राईको जन्म २०३६ सालमा राजधानीस्थित पिता सुनिल राई र माता कुमारी राईको कोखबाट भएको थियो । सानै उमेरदेखि गीतसंगीत क्षेत्रलाई मन पराउँदै आएकी गीता नृत्य भनेपछि हुरुक्कै हुने गर्दथिईन् ।
समय र परिस्थितिले उनलाई नेपाल प्रहरीमा सरकारि जागिरे बनायो । उनलाई उक्त जागिर पनि निकै फलदायी बन्न पुग्यो । नेपाल प्रहरीको जागिरले उनलाई नृत्याङ्ना मात्र हैन उत्कृष्ट नृत्याङ्ना नै बनायो । हाल उनी राजधानीस्थित पुलिस क्लवको साँस्कृतिक विभागमा कार्यरत छिन् ।
नृत्य यात्राको क्रममा हालसम्म उनले दुई सयभन्दा बढी म्युजिक भिडियोहरुमा मोडलिङ गरिसकेकी छन् । उनले मोडलिङ गरेको तिते करेलीले, उनकै सम्झनामा, पछ्यौरी लेउ बैना, झिमझिम सानु, चाहियो जागिर, निष्ठुरी मायालु, छाडी जाने निष्ठुरीलगायतका गीतहरु निकै चर्चितमा रहेका छन् । 
गीताले लोक दोहोरीमा मात्र मोडलिङ गरेकी छैनन् । उनले कौडा, सालैज्यो, झ्याउरे, नेवारी, सेलोलगायत नेपाली विभिन्न जात–जाती, भाषा–भाषिका मौलिक गीतहरुमा नृत्य प्रस्तुत गरेकी छन् ।
उनी नृत्यकै शिलशिलामा हंकङ, जापान, बेल्जियम, अस्ट्रेलिया, क्यानडा, सिंगापुरलगायतका देशमा पुगिसकेकी छन् । गीता भन्छिन्, ‘हामी समाज अनुसार चल्न सक्नुपर्छ । आफूलाई भद्धा रुपमा भन्दा सभ्य तरिकाले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्ने गीता समाजले कलाकारबाट धेरै सिको गर्दछन् । त्यसैले, कलाकार सभ्य र शालीन हुनुपर्दछ । गीत, संगीत तथा नृत्य भनेको आफ्नो कला तथा मौलीकता झल्कने खालको हुने पर्दछ । अन्य देशका कला शिको गरि बिक्रिति भित्र्याउने काम छोटो समयमै चर्चा कमाउने मान्छेले गर्ने गरेका छन् ।’
गीताले विभिन्न अवार्ड तथा पुरस्कारहरु पनि हात पार्न सफल भएकी छन् । हालै सम्पन्न भएको ‘छैँटौ म्युजिक खबर म्युजिक अवार्ड–२०७४’को लोकदोहोरी महिला मोडलतर्फबाट गीताले अवार्ड चुम्न सफल भएकी थिईन् ।  राष्ट्रियस्तरमा सम्पन्न भएको उक्त कार्यक्रममा गीतासँकै मोडल पार्वती राई, पुर्णिमा श्रेष्ठलगायतका पाँच जना मनोनयनमा रहेका थिए । उक्त पाँचबाट गीता ‘निस्ठुरी मायालु’ बोलको गीतबाट यस बर्षको सर्वोत्कृष्ट मोडलको अवार्ड उचाल्न सफल भएकी हुन् ।