मनोरंजन

कहीँ नटिक्ने रेखा पशुपति शरणमा !

काठमाडौं, साउन । नायिका रेखा थापा चलचित्रको सुटिङ सेट सारे झै पार्टी चहार्न थालेकी छन् । निर्माता छविराज अाेझाले चलचित्रमा भित्र्याएकी रेखाले पहिले  छविलाइ नै छाडिन्, माअाेवादीमा लागिन् । माअाेवादी अध्यक्ष प्रचण्डसँग कम्मर मर्काइन् । त्याे धेरै समय टिकेन, प्रचण्डलार्इ नै छाडिन् । लागिन्  राप्रपातिर । 

माओवादीबाट राप्रपामा प्रवेश गर्दा उनी कमल थापा नजिक थिइन् । कमल थापानै सर्वेसर्वा भन्ने गर्थिन् । उनले कमल थापाको तारिफ गर्दै भनेकी थिइन् ‘जति बेलाबाट मैले राजनीतिमा चासो राख्न थालें, त्यति बेलादेखि म कमल थापाको ग्रेट फ्यान थिएँ, छु र रहिरहन्छु । कमल थापा एउटा सच्चा नेपाल आमाको सपुत हुनुहुन्छ ।’ तर, उनकाे याे भनाइ अहिले चलचित्रकाे सम्वाद भन्दा कत्ति फरक छैन । 

राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेपछि उनले छवी, प्रचण्डलाई छाडेजस्तै कमललाई पनि छाडेर पशुपति शम्शेर राणाको पक्षमा पुगेकी छन् । साढे चार वर्षअघि तत्कालीन एमाओवादीमा तामझामसहित प्रवेश गरेकी नायिका रेखा थापाले गएको वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि उस्तै तामझामसहित प्रवेश गरेकी थिइन् । 

राप्रपा प्रवेश गर्दै गर्दा उनले आफ्नो भाषणको क्रममा भनेकी थिइन् ‘यो मेरो पहिलो र अन्तिम पार्टी हो । म नेपालको र राप्रपाको झन्डा ओढेर मर्न चाहन्छु ।’ कमल थापाको आशिर्वादले राप्रपा नेपालको महाधिवेशनमा केन्द्रिय सदस्यमा समेत जित हासिल गरेकी रेखाले मंगलबार उनै कमल थापाको साथ छाडेकी हुन् । 

रेखासँगै फिल्म निर्माता प्रदीप उदयले पनि पशुपति शम्शेरको प्यानल रोजेका छन् । गायिका कोमल वली भने कमल थापाकै पार्टीमा छिन् ।