मनोरंजन

मिस इन्टरकन्टीनेन्टल बन्ने सुवर्ण अवसर

काठमाडौं, साउन । सुन्दरी प्रतियोगिताहरु आयोजना हुने दुनियाँमा फरक र छुट्टै पहिचान, अवसरका साथ पहिलो पटक मिस इन्टरकन्टीनेन्टल नेपाल २०१७ हुने भएको छ । ४५ बर्ष अघिदेखि पानामा सिटीबाट आयोजना शुरु भएको यो प्रतियोगिताले सुन्दरीहरुलाई विभिन्न अवसरहरु प्रदान गर्दै आएको छ ।

महिलाहरुको रुपमात्रै नभएर उनीहरुमा भएको क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई समेतको सम्मान गर्दै विभिन्न अवसरहरु प्रदान गर्ने र विभिन्न क्षेत्रमा स्थापित गराउन नेपालमा पनि प्रतियोगिता आयोजना गर्न लागिएको हो । नेपालभरीका महिलाहरुबीच प्रतिस्पर्धा गराई नेपालकै सुन्दर र क्षमतावान सुन्दरी छनौट गर्न मिस इन्टरकन्टीनेन्टल नेपाल २०१७ डिपासइन्टर नेशनलले नेपालमा प्रतियोगितको आयोजना गर्न लागेको हो । 

सामाजिक अन्तर्घुलन, अन्तरदेशीय सम्वन्ध, संस्कार, संस्कृति, भिन्न राष्ट्रिय पहिचानलाई एकताको सुत्रमा बाँध्नका लागि पनि प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने  आयोजकले विश्वास लिएको छ। 
नेपाली चेलीको क्षमतालाई विश्वमा चिनाउनका लागि यो प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। प्रतियोगितामा सहभागि भएर आफ्नो सुन्दरता, क्षमता, प्रतिभालाई खुल्लारुपमा प्रस्फुटन गर्न आयोजकले आह्वान गरेको छ । 


नेपालको प्रमुख शहरहरु विर्तामोड, इटहरी, चित्तवन, बुटवाल, धनगडी, पोखरामा क्रमशः अगस्ट १५, १६, १७, १८, २०र२२गते छनोट प्रतियोगिता हुन गइरहेको आायोजकले जनाएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा भने अगस्ट २४र २५ मा छनौट प्रतियोगिता हुने भएको छ । 


विभिन्न जिल्लाबाट छनोटमा परेका मध्येबाट उत्कृष्ट २५ जनालाई काठमाण्डौमा एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षण अन्तर्राष्ट्रिय अनुभव संगालेका फेसन कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा दिइनेछ।
मिस ईन्टरकन्टिनेन्टल  फाइनल भने असोज ७ गते हुनेछ । मिस ईन्टरकन्टिनेन्टल विजेताले विश्वभरीका प्रतियोगिहरुबीच नोभेम्बरमा मुम्बइमा हुने मिसईन्टरकन्टिनेन्टल २०१७ प्रतियोगितामा सहभागि गराइनेछ ।

प्रतियोगितामा सहभागी हुनका लागि आयोजकले विभिन्न मापदण्ड राखेको जसमा–
१.    प्रतिस्पर्धीको उमेर १८ पूरा भई २६ वर्ष ननाघेको हुनुपर्ने।
२.    उचाई न्यूनतम ५ फिट २ इन्च हुनपर्ने।
३.    अविवाहित, नेपाली नागरिक हुनुपर्ने।
४.    शरीरमा देखिने गरी ट्याटु खोपेको भए सहभागिता जनाउन नपाइने । 
५.    अङ्ग्रेजीमा सामान्य सम्वाद गर्न जान्नुपर्ने छ । 
प्रतियोगिताको मूख्य आयोजक मिसइन्टरकन्टीनेन्टल अर्गनाइजेशन (एमआईओ) रहेको र नेपालका विख्यात कम्पनीहरुले प्रयोजनबाट आयोजना हुन लागेको जनाइएको छ ।