मनोरंजन

सय दिन मनाउने तरखरमा छक्का पञ्जा

काठमाडौं– दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पञ्जा’ एक सय दिन मनाउने तरखरमा रहेको छ । काठमाडौं उपत्यकाका केही मल्टिप्लेक्स हलमा यो चलचित्र अहिले पनि प्रदर्शन भइरहेको छ । ती हलमा चलचित्रले ८० दिनको सफलता मनाइसकेको छ । अझै पनि चलचित्र हेर्ने दर्शकको भिड बाक्लो नै देखिएको छ ।

चलचत्रि छक्का पञ्जाले एक सय दिन मनाउने पक्का भएपछि निर्देशक दिपाश्री निरौला लगायतको टोली यतिबेला निकै नै खुशी देखिएको छ । उनीहरु खुशी नबनुन् पनि किन ? नेपाली फिल्म बजारको अधोगतिमा धकेलिएको बेला एकाएक चलचित्रले हाइप लिएपछि निर्माणपक्ष खुशी हुने नै भयो । त्यतिमात्र नभएर  चलचित्रले सफलतापूर्वक ८० दिन पार गर्नु नेपाली चलचित्र क्षेत्रका लागि नै गौरवको विषय पनि हो ।

चलचित्रले ८० दिन टेक्दा चलचित्रका कलाकार दिपक, दिपा र केदार घिरमे ‘माग्ने बुढा’ले शनिबार हलमै दर्शकसँग खुशी साटे । उनीहरु सेल्फी र विफीमा रमाए । उनीहरुले सिटी सेन्टरबाटै मज्जाको विफी खिचेर फेसबुकमा समेत पोस्ट गर्न भ्याएका छन् । उनीहरुको तस्विरमा उनका फ्यानहरुले सफलताको शुभकामना दिँदै प्रतिक्रिया दिइरहेका छन् ।

यसैबीच, छक्का पञ्जा निर्माण युनिटले चलचित्रले कमाएको नाफाको केही प्रतिशित सामाजिक सेवामा पनि लगाउने निर्णय पनि गरेको छ । ‘छक्का पञ्जा’ ले हालसम्म १६ करोडको ग्रस कलेक्सन गरेको दाबी गरिएको छ । जुन व्यापार नेपाली चलचित्रकै सर्वाधिक कमाइ भएको बताइन्छ ।
चलचित्र ‘छक्का पञ्जा’ले समाजको कथालाई सशक्त तरिकाले प्रस्तुत गरेको छ ।

चलचित्रलले वैदेशिक रोजगारीका उज्याला र अँध्यारा पाटालाई छर्लंग प्रस्तुत गरेको छ । चलचित्रमा दीपकराज गिरीसहित बुद्धि तामाङ, जितु नेपाल, केदार घिमिरे, प्रियंका कार्की, वर्षा राउत, नम्रता सापकोटा लगायतको अभिनय रहेको छ ।

१२ मंसिर २०७३ ।