मनोरंजन

ब्रेकअप भए पनि नीता र आमेश संगै !

काठमाडौं- पटक–पटक प्रदर्शनको मिति सर्दै आएको नेपाली चलचित्र ‘तँ, म र ऊ’ आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने भएको छ । चलचित्रलाई यस अघि नै प्रदर्शनमा ल्याइने तयारी गरिए पनि विविध कारणले प्रदर्शनको मिति पछि धकेलिएको थियो । ‘तँ, म र ऊ’ मा नीता ढुंगाना, आमेश भण्डारी र सुदिन प्रसाईको मुख्य भूमिका रहेको छ । एउटा रमाइलो कुरा त के छ भने यहि फिल्मको सुटिङताका समयमा नीता र आमेश रियल लभमा परेका थिए । एक अर्का बीना बाच्नै नसक्ने यी दुईको प्रेम पनि सिनेमाको जस्तै बन्न पुग्यो ।

अर्थात आमेश र नीताको दुई दिने लभ अहिले भने टुङ्गीसकेको छ । ब्रेक अप भएपछि नीता फिल्ममै व्यस्त छिन् भने आमेश अहिले खालि छन् । त्यस्तै, अर्का कलाकार सुदिन यो फिल्मका प्रस्तुतकर्ता समेत हुन् । फिल्म क्षेत्रमा हिरो हुने हुटहुटीले मेकर हुनेको संख्या धेरै छ । उनी पनि कलाकारीताको प्यास मेटाउन मेकरको रुपमा भित्रिएका छन् । त्यसो त फिल्मलाई १ वर्ष अघि नै रिलिज गराउन ठूलै कसरत निर्माण पक्षले नगरेको होइन । लामो समयको ग्याप पछि रिलिज डेट बल्ल फाइनल भएको हो । पछिल्लो दृष्टान्त हेर्ने हो भने नेपाली फिल्ममा महिला निर्देशकहरु भटाभट भित्रिरहेका छन् । यो फिल्मलाई पनि महिला निर्देशक लक्षु गौतमले निर्देशन गरेकी छिन् ।

लक्षु गौतमले यो फिल्म साथीत्वको कथा भन्ने फिल्म भएको बताउदै आएकी छिन् । फिल्म रिलिज संघारमा आमेश र नीता प्रचार प्रसारमा हिडेको खासै देखिएको छैन । जे होस् फिल्म लाग्न एकसाता मात्र बाँकी छदा निर्माण पक्षको दौडधुप निकै बढेको छ । नवराज प्रसाईको लगानी रहेको फिल्म ‘तँ, म र ऊ’ मा शम्भु सापकोटाको छायांकन, प्रितम पाण्डेको सम्पादन तथा शिव परियार र अभिनेता समेत रहेका आमेश भण्डारीको संगीत रहेको छ । चलचित्र श्रद्धा फिल्मस्को व्यानरमा निर्माण भएको हो ।