मनोरंजन

रचना, गायन र संगितमा सक्रिय अमिर

काठमाडौं– विगत डेढदशक अघिदेखि गायन, रचना, संगित र संगीत संयोजनको काममा निरन्तर लागेका गायक अमिर देउला तेस्रो गीति एल्वम आरती को अन्तिम तयारीमा जुटेका छन् । देउला समुदायको पहिलो गायक एवम आईटि (सूचना) इन्जिनियरको रुपमा स्थािपत अमिरको पहिलो गीति एल्वम बाटो र दोस्रो एल्वम स्टाइलको सफलता र चर्चापछि उनी तेस्रो एल्वमको तयारीमा जुटेका हुन । यो एल्वममा अमिरले आफैं लेखेका, संगित र स्वर दिएका र आफैंले संगित संयोजन गरेका ८ वटा पप मेलोडी गीत रहने छन् ।

आरती तेस्रो एल्वमको नाम जुटेकोमा अमिर भन्छन, ‘संयोगले मेरी जीवन संगिनीको नाम पनि आरती हो र म पनि विगत १३ वर्षदेख नै गीत, संगीतको साधना अर्थात आरतीमा छु, त्यसैले यो नाम जुरेको हो ।’

काठमाण्डौको २१ नं. वडा टेकुमा जन्मेका ३४ वर्षे गायक अमिर नेपालका पहिलो पप गायक ओमविक्रम विष्टको मार्ग पछ्याईरहेका जस्तो लाग्छ । कतिले उनलाई अर्का पपगायक नविन के भट्टराईसंग पनि तुलना गर्छन । तर उनी भन्छन ‘म आफ्नो छुट्टै पहिचानमा छु, अमिर देउलाकै नाममा ।’

उनको पहिलो एल्वम बाटोको म्युजिक भिडियो डुबाई आफुलाई नशामा गीतले राम्रो ख्याती कमाएको बताउँछन । कुनै समय यो म्यूजिक

भिडियो कान्तिपुर टिभि, इमेज च्यानल लगायत अन्य टेलिभिजनका गीतसंगित, म्युजिक अफ योर च्वाइस, कल कान्तिपुर लगायतका कार्यक्रममा पटक पटक बज्ने र देखिने गथ्र्याे ।

‘यो गीतले नै हो मलाई अमिर देउला भनेर गीत संगितमा स्थापित गरेको’—उनले भने । पहिलो एल्वमको अधिकाँश गीत उनी आफैंले लेखेका, संगित दिनुका साथै संगित संयोजन गरी आफैंले गाएका छन ।

आफ्नै निवास टेकुमा ग्रिन एप्पल म्युजिक स्टुडियोका संस्थापक समेत रहेका अमिरले आफुले लेखेका गीत बाहेक अरुको गीतमा पनि स्वर र संगित भरेका छन । राजेश डंगोल, शेखर देउला, रवि बज्राचार्य लगायत दर्जनभन्दा बढी गायकका गीतमा उनले संगित संयोजन गरेका छन् । अहिले उनको स्टुडियोमा दैनिक औसतमा २÷ ३ वटा गीतमा संगित संयोजनको काम भईराखेको उनी बताउँछन् ।

पहिलो एल्वमबाट ४वटा गीतलाई म्यूजिक भिडियो बनाएका अमिरले दोस्रो एल्वम स्टाइलको सपनाको मेललाई मात्रै म्युजिक भिडियो बनाउन भ्याएका छन् ।भन्छन अरु गीतलाई पनि म्युजिक भिडियो बनाएर यु ट्युबमा राख्ने सोच बनाएको छु । गीत, संगितमा दत्तचित्त भएर लाग्नेले भोकै मर्नु नपर्ने बताउँदै अमिर भन्छन, ‘रचनाबाट भन्दा संगित दिएर र संगित संयोजन गरि गाउँदा पारिश्रमिक राम्रै आउँछ ।’ काठमाण्डौ विश्वविद्यालयमा १ वर्ष संगित पढेका अमिरले यसले आफुलाई गायनमा निकै सघाएको बताउँछन । गीत संगित भनेको नशा रहेछ, उनले भने—योे नशा बाचुञ्जेल छुट्दैन ।