मनोरंजन

‘मिस लिम्बु’को ताज कस्ले जित्ला ? हेर्नोस् सुन्दरीहरु (फोटो फिचर)

काठमाडौं– ‘मिस लिम्बू इन्टरनेशनल–२०१६’मा सहभागी सुन्दरीहरु ताज जित्ने होडमा अहिले प्रशिक्षण्मा व्यस्त बनेका छन् । प्रतियोगीहरुले अहिले आत्मविकासबारे विभिन्न प्रशिक्षण लिइरहेका छन् । अन्तिम स्पर्धामा उत्रिएका २८ प्रतियोगीलाई राजधानीको रातोपुलस्थित युनाइटेड डान्स फिटनेश सेन्टरमा कोरियोग्राफर जयन सुब्बा मानन्धरले टे«निङ दिँदै आएकी छन् ।
‘लिम्बू इन्टरनेशनल–२०१६’मा २८ जना प्रतियोगी शीर्ष उपाधि जित्न कडा प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगीहरुको केही दिनअघि राजधानीका फोटोसुट गरिएको थियो । याक्थुङ युथ एसोसिएसनद्वारा आयोजित ‘वराह ज्वेलरी मिस लिम्बू इन्टरनेशनल’ को यो चौथो संस्करण हो । यस संस्करणमा सुक्मीत केरुङ, मोती कन्दवा, अस्मिता खापुङ, सोना लिम्बू, ज्योति थोप्रा, सानु नेम्बाङ, भावना सावा, रोश्ना नेम्बाङ, पवित्रा तुम्सा र आशिका खापुङ, सेयरा आन्खेवा, अञ्जिता नेम्बाङ, लक्ष्मी मेन्याङ्बो, निशा हुक्पा चोङ्बाङ, सजिता तुम्सा, सरुहाङ्मा सम्बाहाङ्फे, आशिका आङ्बुहाङ, नम्रता लाबुङ, जुनु पोमो, सलुना वनेम, भुमिका माङ्देन, शोभा फेम्बु, सुष्मा चेम्जोङ, सलिना हुक्पा चोङ्बाङ, श्रेया थेगिम, विना सामेखाम र निशा मेन्याङ्बोले स्पर्धा गरिरहेका छन् ।

उनीहरुका केही तस्विरहरुः 

तस्विरः ग्ल्यामर नेपाल