मनोरंजन

बोल्ड अवतारसँगै जेनिसा पुनः दिपेससँग

काठमाडौं– नायिका जेनिशा केसी केही समययता गुमनाम जस्तै बनेपनि अहिले फेरि मोडल दीपेश कार्कीसँग नजिकीएकी छिन् । केही समय पहिले यी दुई जोडीको ब्रेक अपको खबर बाहिरिएको भए पनि अहिले जेनिशाका केही तस्बर सार्वजनिक भएका छन् जसमा जेनिसाको प्याचअपको संकेत देखिएको छ ।

खबरका अनुसार हालै सार्वजनिक भएका केही तस्बिरहरु जेनिशाले काटेश्वरमा सञ्चालनमा आएको ‘ड्रागो क्याफे’ का लागि मोडल कार्कीसँग फोटोशुट गरेकी हुन् । फोटोमा जेनिशा निकै बोल्ड देखिएकी छन् । जेनिशाले मोडल दीपेशसँग खिचाएको तस्बिरपछि फेरी उनी गसिपमा तानिने लगभग पक्का छ । यो जोडीले डेढ बर्ष अगाडि राजेशपायल राईको आवाजमा रहेको ‘यो जुनी यस्तै भयो’ बोलको म्यूजिक भिडयोमा काम गरेका थिए । त्यसपछि उनीहरु निकै नजिक रहेको बताइन्छ ।