काठमाडाैं– १८ वर्षपछि नेपाल भ्रमणमा आएका भारतीय राष्ट्रपतिको नेपाल भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ बन्ने विज्ञहरुले बताएका छन् । मुखर्जीको भ्रमणले दुई देशबीचमा पछिल्लो समय चिसिएको सम्बन्ध फेरी पुरानै अवस्थामा आउने विज्ञहरुको तर्क छ । नेपाल र भारत सरकारले समेत मुखर्जीको भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ बन्ने बताएका छन् ।
काठमाडौं– भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा अवतरण हुनु अगावै काठमाण्डौ उपत्यकाका धेरैजसो सडकमा सवारीसाधन गुड्न छाडिसकेका थिए । जसका कारण आफ्नो गन्तव्यमा पुग्नुपर्ने सर्वसाधारणले पाउनुसम्म सास्ती पाए ।
काठमाडौं– नेपालको तीन दिने राजकीय भम्रणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सुरक्षा प्रबन्ध मिलाउन भन्दै ट्राफिक प्रहरीले काठमाण्डौका धेरैजसो रुटमा सवारी चलाउन नै रोक लगाउँदै वैकल्पिक व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
काठमाडौं, १६ कार्तिक । उज्यालो र फूलहरूको पर्व हो तिहार । तिहारको झिलिमिलिले काठमाडौं उपत्यकालाई बेहुली झै सिंगारिएको छ । अझ साँझका बेला उचाईबाट नियाल्दा काठमाडौं उपत्यका स्वर्णिम शहरजस्तै देखिन्छ ।
काठमाडौं- यमपञ्चक अर्थात तिहारको पाँचौं दिन मंगलबार भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
काठमाडौं–रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने उक्त मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइले बालगोपालेश्वरको
काठमाडौ– तिहारको चौथो दिन गोबर्धन पूजा । नेपालीको घर आँगनमा गोबद्र्धन पूजा गरिँदैछ । नेपालीहरूले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबद्र्धन पर्वतको आकृति बनाई पूजा आरधना गर्ने गर्दछन् ।
काठमाडौं– यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ ।
सिन्धुपाल्चोक– धुर्मुस–सुन्तली फाउन्डेसन निर्माण गरका ६५ घर वटा र एउटा सामुदायिक भवन स्थानीयलाई हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक औपचारिक कार्यक्रमका बीच बस्ती स्थानीयलाई हस्तान्तरण गरेकी हुन् । बस्ती व्यवस्थापन प्रमुख रामबहादुर लामालाई घरको साँचो हस्तान्तरण गरिएको हो ।
काठमाडौं– अबैध एटिएम कार्ड प्रयोग गरी काठमाडौंको ठमेलका केही एटिएम बुथबाट पैसा झिक्ने एक बुल्गेरियाली नागरिकलाई विदेशी मुद्रासहित प्रहरीले पक्राउ गरेको छ । बुल्गेरियाली नागरिक डिमो अन्तनासव स्टेफनोभले अवैध एटिम प्रयोग गरी अरुको खाताबाट पैसा झिकेको आरोपमा प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।