समाचार

चिनीया व्यापारीले नेपालबाट अमेरिकी डलर उठाउन थालेपछि...

काठमाडौं– चिनियाँ व्यापारीले सोझै बजारबाट उठाउन थालेपछि नेपालका बैंकहरुमा अमेरिकी डलरको अभाव सिर्जना भएको छ ।  व्यापारीले बैंकिङ प्रणाली ‘बाइपास’ गर्दै नगदै चीनतिर लैजाने क्रम बढेपछि डलरको अभाव देखिएको हो ।

राष्ट्रबैंक उच्च अधिकारीका अनुसार पछिल्लो समय चिनियाँ व्यापारीले नेपाली बजारबाट अमेरिकी डलर उठाएर सडक मार्ग हुँदै चीन पु¥याउने गरेका छन् । विगतमा पनि व्यापारीले यस्तो काम गर्दै आएकोमा पछिल्लो समय डलर लैजाने क्रम ह्वात्तै बढेकोले अहिले डलर अभाव सिर्जना भएको हो ।