विराटनगर । केही दिन यता परेको अविरल वर्षाका कारण तराईका अधिकांश क्षेत्र डुवानमा परेका छन् । पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुरसम्मका तराइका अधिकांस जिल्ला डुबानमा परेका छन् ।
सुनसरी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ भने बक्राहा खोलामा आएको बाढीले मधुमल्ला– ५ को बेतेनी आसपास ६१ घर डुबानमा परेका छन् । बाँध भत्काएर शनिबार बिहान बेतेनीको गाउँतर्फ खोला पसेको हो । स्थानीयका अनुसार बाढीले ६१ घर डुबेको छ । यसअघि पनि सो क्षेत्रबाट बाढी गाउँतर्फ पसेको थियो ।
उता, मधुमल्ला– ४ र ५ मापर्ने धप्पर टोलमा समेत बाढीको जोखिम बढेको छ । गत असार ७ गते बक्राहा खोलामा आएको भीषण बाढीले मधुमल्ला– ५ को माथिल्लो कसेनी, मधुमल्ला– ४ को धप्पर टोल र मधुमल्ला– ५ को बेतेनीमा गरी तीन ठाउँबाट खोला गाउँ पस्दा ५० भन्दा बढी घरपरिवार विस्थापित हुनुका साथै २ सयभन्दा बढी घर डुबानमा परेका थिए । सो क्षेत्रमा ३ सय बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो ।
त्यस्तै, नवलपरासीमा पनि बाढीका कारण परासी बजार जलमग्न भएको छ । भने बुटवल, दाङ र नेपालगंज पनि जलमग्न बनेको छ । घरभित्र नै बाढी पसेपछि स्थानीयको विचल्ली बनेको छ । उता, कैलाली र महेन्द्र नगरमा पनि बाढीले उस्तै क्षति पु¥याएको छ । बाढीसँगै ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन् ।
Comments